बिहीबार चिनबाट ४४ लाख डोज भेरोसेल खोप आउँदै

बिहीबार चिनबाट ४४ लाख डोज भेरोसेल खोप आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ ३१ गते चीनबाट ४४ लाख डोज कोरोना भाइरस विरुद्धको भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । सरकारले चिनबाट खरिद गरेको ४४ लाख डोज खोप आगामी बिहीवार काठमाण्डु आइपुग्न लागेको हो ।  

पछिल्लो पटक सरकारले चीनसँग ६० लाख डोज भेरोसेल खोप खरीद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ पहिलो साता भदौ ४ र ५ गते नै आइसकेको छ ।

उक्त खोप लिनका लागि भदौ ३० गते हवाइजहाज चीन जाने र ३१ गते नेपाल आइपुग्ने गरी तयारी गरिएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिएका छन् ।