सिजीले ल्यायो दशैं तिहार लक्षित आकर्षक योजना

सिजीले ल्यायो दशैं तिहार लक्षित आकर्षक योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले नजिकिएको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सि.जी स्मार्ट होम’ नामक योजना बजारमा ल्याएको छ ।

उक्त योजना अन्तर्गत सि.जी. ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु प्राप्त गर्न सकिने सि.जी.ले जनाएको छ । ५५,००० सम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सि.जी.को आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने व्यवस्था रहेको छ ।

योजना अन्तर्गत सि.जी.का कुनैपनि एल.इ.डि. टि.भी., रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुम को खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु समेत प्रदान गर्नेछ । त्यस्तै सि.जी.को माईक्रोवेभ ओभनको खरिदमा २,८००/बराबरको कुकिङ किट तथा क्यास ब्याक, ए.सि.को खरिदमा ४०००/ बराबरको निशुल्क जडान तथा क्यास ब्याक र सि.जी. डिसवासरको खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

सि.जी.का सामानहरु खरिद गरेपश्चात ग्राहकहरुले आफुलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सिजीऐसऐच टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं. लेखि ३१००१ मा पठाउनु पर्नेछ । कम्पनीले यो योजना भाद्र २५, २०७८ देखि सिमित अवधिका लागि देशैभर लागू गरिएको जनाकारी दिएको छ ।