काठमाण्डु – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री शाक्यले नेपाललाई एमालै फर्किन आग्रह गरिन् ।
‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ । माधव नेपाल हाम्रो नेता हो । अग्रज हो । आज आफूले त्याग गरेको, समर्पण गरेको, ज्यान दिएको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन,’ उनले भनिन्, ‘आफूले दुःख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन ।’
त्यस्तै उनले १० बुँदे सहमतिलाई अक्षरंस पालना गर्नुपर्ने भन्दै सबै पार्टीका कमिटीहरु २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताइन् ।‘२०७५ जेठ २ गतेको कमिटी मान्ने भनेर अन्तरपार्टी निर्देशिका जारी भएको छ । यसको अक्षरस पालना हुनुपर्छ । नभए फेरी पनि हामी अप्ठेरोमा पर्छौ,’ उनले भनिन् ।
शाक्यले पार्टी नेतृत्वले विगतमा भएका गल्तीहरुको निर्मम समीक्षा गर्नुपर्ने बताएकी छन् । अध्यक्ष केपी शर्मा ओली र अरु नेताहरुले गल्तीको ढाकछोप गरेर हिँड्न नहुने उनको भनाई थियो ।




प्रतिक्रिया