माधव नेपालको स्वार्थले जनमत कायम राख्न सकेनौंः एमाले अध्यक्ष ओली

माधव नेपालको स्वार्थले जनमत कायम राख्न सकेनौंः एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन् । काठमाण्डु जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन् ।

‘एमालेलाई नेताहरूले जोगाउन सकेनन् । एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल सलाम’, उनले भने, ‘हामीले होइन, तपाईहरूले पार्टी जोगाउनुभयो ।’

कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिएको र यसका लागि एमालेलाई टुक्राउन खोजिएको भन्दै उनले यसलाई रोक्न कम्युनिस्ट एकतासमेत गरेको स्मरण गराए । अध्यक्ष ओलीले कम्युनिस्टलाई भत्काउन नसक्ने गरी जनमत आए पनि माधव नेपालसहितका नेताहरुमा देखिएको व्यक्तिगत स्वार्थले कायम राख्न नसकिएको बताए ।

‘जसकारण कम्युनिस्टलाई भत्काउन नसक्ने गरी जनमत आए पनि केहीमा देखिएको व्यक्तिगत स्वार्थले त्यसलाई कायम राख्न सकेनौं,’ उनले भने ।