संसद खुलाउने देउवाको प्रयास, ओली फकाउन कानुनमन्त्री पठाए बालकोट

संसद खुलाउने देउवाको प्रयास, ओली फकाउन कानुनमन्त्री पठाए बालकोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्री कार्कीले बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री देउवाको दूत बनेर कानुनमन्त्री कार्कीले एमालेले गरिरहेको संसद् अवरोध खुलाउन आग्रह गरेका छन् ।

संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । सरकारी खर्च नै बन्द भएपछि सत्ता र प्रतिपक्षी दुवैको आलोचना भइरहेका बेला मन्त्री कार्की प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर बालकोट पुगेका हुन् ।

संसदको अर्को बैठक आउँदो सोमबार बस्दैछ । उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने देखेपछि प्रधानमन्त्री देउवाले विपक्षीलाई सहमतिमा ल्याउन पहल सुरु गरेका हुन् ।