शुक्रवार सुनको मूल्य १४ सयले घट्यो

शुक्रवार सुनको मूल्य १४ सयले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रवार सुनको मूल्य ओरालो लागेको छ ।  आज सुनको मूल्य प्रतितोलामा अधिकतम एक हजार ४०० ले ओरालो लागेर ८९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य समेत आज तोलामा ३० ले ओरालो लागेर एक हजार १७० मा कारोबार भइरहेको छ । गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ५०० र चाँदी एक हजार २०० मा कारोबार भएको थियो ।

आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सयले नै ओरालो लागेर ८८ हजार ६५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।