काठमाण्डु – विकास हाइड्रोपावरले सर्वसाधरणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानी कर्ताका लागि १३ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लगेको हो ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । स्वीकृतिको पखाईमा रहेको र स्विकृति पाएलगतै आईपीओ निष्कासन गर्ने कम्पनिले जनाएको छ ।
४.५५ मेगावाटक्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।




प्रतिक्रिया