काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको छ । नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी बहन गर्नेहरूलाई सम्मान गरिएको महाशाखाले जनाएको छ ।
प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको प्रलोभनमा नपरि काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मुद्धा चलाईएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
नगद पुरस्कृत तथा प्रशंसापत्र सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठ सहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव साथै प्रहरी जवानहरु किसान चन्द्र गौतम, धनबिर जि.सी. ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला रहेका छन् भने बाँकि प्रहरी नायब निरीक्षक मिलन कुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भिम बहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजि साह, प्रविन मोक्तान, दधिराम बि.सी. त्यस्तै प्रहरी जवान हरि बहादुर सुनार, कुमार कोईराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुण बहादुर अधिकारी रहेका छन ।
सम्मानित हुने सम्पुर्ण ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंसापत्र सहित खादा ओढायर सम्मान गरेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया