काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५४ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ८६ र ३ हजार ७२० जनाको एन्टीजिन परीक्षण गर्दा ४७२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ ।
आज देशभर १ हजार ३५१ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया