काठमाण्डु – नेपालको लागि टिभिएस टू-ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आज (शुक्रबार) बाट टीभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला प्रारम्भ गरेको छ ।
भृकुटीमण्डपमा आयोजना हुने उक्त मेला आजको मितिबाट असोज ६ गतेसम्म ६ दिनका लागि आयोजना हुने जगदम्बा मोटर्सले जनाएकाे छ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथ् ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन् ।
यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १०, ००० सम्म मुल्याङ्कन पाउनेछन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाख सम्म र किनिसकेपछि १०,००,००० सम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्, त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानु पर्ने हुन्छ ।
यसैगरी 0 प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । यस अफरमा प्रि- बुकिङ् गरे मात्र पनि ग्राहक हरुको लागि रु २,००० बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ ।
यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिं एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ, जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएम्आइको सुरुवाती दर ५,९९९ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन् ।
यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इ.एम्.आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ । त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का-पक्की उपहार प्राप्त गर्ने छन् । यस दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए । उनले भने, ‘टि.भि.एस् ले सधैं नेपाली अटोमोबाइल प्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नयाँ र नविनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपालमा भित्र्याउने गरेको छ।’
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ।




प्रतिक्रिया