शनिबारकाे मौसम कहाँ कस्तो रहला ?

शनिबारकाे मौसम कहाँ कस्तो रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा अहिले भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थान तथा प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।