काठमाण्डु – नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षा दिइरहेकी छिन् । अभीनेत्री मानन्धरलाई परीक्षाको बारेमा के कस्तो भइरहेको छ भन्नेबारे बुझ्न नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन् ।
मानन्धरले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई पूर्व प्रधानमन्त्री ओलीको फोन आएको जानकारी दिएकी हुन् । फेसबुकमा अभिनेत्री मानन्धरले आफूलाई पूर्व प्रधानमन्त्री ओलीले फोन गरेर परीक्षा कस्तो भइरहेको छ भनेर सोधेको उल्लेख गरेकी छन् ।
उनले ओलीको फोन आउँदा आफू सुरुमा छक्क पर्नुका साथै मजाक होकी जस्तो लागेको बताएकी छन् । अध्यक्ष ओलीले फोनमा आफूलाई डुङ्गाको कथा सुनाएपछि फोन गर्ने ओली नै हुन भन्ने विश्वास लागेको उनले बताएकी छिन् ।
करिश्माले लेखेकी छन्, ‘ फोन आउँदा मेरो मोबाइल स्क्रिन मा केपी शर्मा ओली भन्ने आयो म छक्क परे !! मजाक हो कि भन्ने पनि लग्यो तर उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!
करिश्मा परीक्षा कस्तो भैरहेको छ ?
हजुर ठिक छ सर !!
तपाई के पी ओली ?????
अ हो बिश्वस लागेन !!!
लागेन सर !! अनि उहाँले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो । आधुनिकता को यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठुलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयकोमा धन्यवाद के पी बुवा।’
मानन्धरले आफूजस्तो सामान्य कलाकारलाई फोन गरेकोमा पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएकी छन् ।




प्रतिक्रिया