जसपा संविधान दिवसको कार्यक्रममा सहभागि नहुने, लोसपाले कालो दिन मनाउने 

जसपा संविधान दिवसको कार्यक्रममा सहभागि नहुने, लोसपाले कालो दिन मनाउने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)  संविधान दिवसको कार्यक्रममा भाग नलिने भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले आज शनिवार विज्ञप्ति निकालेर मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै  सच्याउन दबाबका लागि भोलि आइतबार असोज ३ गते विभिन्न अन्तरक्रियाका कार्यक्रम गर्ने बताएका छन् ।

जनआन्दोलन तथा मधेश आन्दोलनका बेलामा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानका प्रावधान तथा पहिलो संविधान सभामा सर्वसम्मत भएका विषयलाई उपेक्षा गरी नेपालको संविधान २०७२ जारी भएको भन्दै जसपाले दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रममा भाग नलिने निर्णय गरेको जनाइएको छ ।

जसपाबाट अलग्गिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा) ले भने संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने भएको छ ।

No description available.