राष्ट्रपतिद्धारा ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा

राष्ट्रपतिद्धारा ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतले सजाय सुनाएका ८ जना कैदीबन्दीलाई माफी दिएकी छन् । विधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ८ जना कैदीबन्दीलाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी हुन् ।

पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी दिईएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस्तै हर्कबहादुर राई समेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसलालगायत आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको कैद मिनाहा गरी माफी दिइएको हो ।