बृहत् नागरिक आन्दोलनले आज ‘संविधान संशोधन मार्च’ गर्दै

बृहत् नागरिक आन्दोलनले आज ‘संविधान संशोधन मार्च’ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बृहत् नागरिक आन्दोलनले आज ‘संविधान संशोधन मार्च’ गर्दैछ । नेपालको संविधान जारी भएको दिन (असोज ३) अवसरमा आज उक्त मार्च गर्न लागिएको हो । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

आज दिउँसो २ बजे माइतीघरमा भेला भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडि मार्च गरिने बृहत् नागरिक आन्दोलनले जानकारी दिएको छ । संविधान जारी गर्दा असन्तुष्ट भएका समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने प्रयास नभएको तथा संविधान अधुरो र अपुरो रहेको बृहत् नागरिक आन्दोलनको ठम्याइ छ ।

‘संविधान जसरी बनाइयो त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू गरिएको छैन,’ बृहत नागरिक आन्दोलनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान अधुरो र अपुरो छँदैछ, त्यसलाई पूर्ण र स्वामित्वसहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहल समेत भएको छैन ।’