काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार ४१३ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।




प्रतिक्रिया