काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटीको बैठकमा महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल भएको छ ।
आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा विधान संसोधन सम्बन्धी प्रस्ताव , पछिल्ला घटनाक्रम र पार्टीका आगामी रणनीति समेटिएको राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्ताव र संगठनात्मक प्रतिवेदनसम्बन्धी प्रस्तावमा नेताहरूले आ-आफ्नो धारणा राखेका छन् ।
आज धारणा राख्न बाँकी सदस्यले भोलि दिउसो १ बजे बस्ने बैठकमा धारणा राख्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म काठमाण्डुमा हुँदैछ ।




प्रतिक्रिया