सशस्त्र प्रहरी महानिरीक्षकले गरे श्रीमतीको नाम पदकको लागी सिफारिस

सशस्त्र प्रहरी महानिरीक्षकले गरे श्रीमतीको नाम पदकको लागी सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले पदक सिफारीसमा सत्तारुढ दल निकट नेता कार्यकर्तालाई बढी प्राथमिकता दिएको भन्दै आलोचना भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सिता दाहालदेखी माधव नेपालका स्वर्गिय पितालाई समेत सरकारले विभूषित गर्ने निर्णय गरेको छ ।

विभूषण समितिमा रहेका मुख्यसचिव शंकरदास वैरागीले समेत आफ्नो नाम आफै सिफारीस गरेका छन भने गृहसचिव टेकनाराण पाण्डेले विभूषण लिन अस्विकार गरेका छन् ।

यता सशस्त्र प्रहरीमा समेत सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले आफ्नै श्रीमतीको नाम पदकका लागी सिफारीस गरेको पाइएको छ । खनालकी श्रीमती सरिता कडेंल खनालको नाम उनले पदकका लागी सिफारिस गरेका हुन् । उनको नाम मानपदवी अन्तरगत प्रबल जनसेवाश्री पाउने सुचीमा समावेश छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनाल समेत यसअघि एउटै पदक दुई पटक लिएको भन्दै बिवादमा आएका थिए । तर, यसपटक भने उनि आफ्नो श्रीमतीलाई पदक दिलाउन सफल भएका छन् । खनाल सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष समेत हुन ।

त्यसैगरी पदक पाउनेमा ५ वर्ष बढुवा रोक्काको कारवाहीमा परेका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शेरबहादुर अधिकारी र घटुवा कारवाहीमा परेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्कराज पन्त पदकबाट विभूषित भएका छन् । यद्यपी पन्तले घटुवा गर्ने निर्णयविरुद्ध अदालतबाट  पछि मुद्दा जितेका थिए ।