काठमाण्डु – नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ–तिहारका लागि नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य इजाजत पत्र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोटको वितरण सुरु गरेको हो ।
यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउँने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आजदेखि साट्न मिल्ने गरी बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको छ ।
प्रत्येक वर्षको दसैँमा नयाँ नोट वितरण गर्दै आइरहेको छ । तर केन्द्रीय बैंकले गत वर्ष भने कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै नयाँ नोट वितरण गरेको थिएन ।




प्रतिक्रिया