बालुवाटारबाट बालकोट जाने भनेको त निराश भएर हो, ओली त बाजा बजाएर गए : प्रचण्ड

बालुवाटारबाट बालकोट जाने भनेको त निराश भएर हो, ओली त बाजा बजाएर गए : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली मलामी जाँदा पनि बाजा बजाँदै, नाच्दै हिड्ने मान्छे भएको टिप्पणी गरेका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले बालुवाटारबाट निकालिँदा पनि ओली बाजा बजाएर बालकोट गएको बताएका हुन् ।

‘केपी ओली त्यस्ता मान्छे हुन् जो मलामी जाँदा पनि बाजा बजाउँदै, नाच्दै हिँडिदिन्छन’ उनले भने, ‘किनभने बालुवाटारबाट बालकोट जाने भनेको त हारेको, सन्नाटा भएर बडो निराश भएर अब के गर्ने ? फेरि कसरी सत्तामा आउने होला ? भनेर सोच्दै जानु पर्ने बेला हो तर, केपी त पञ्चेबाजा, धिमे बाजा बजाएर गए ।’

त्यस्तै उनले माधव नेपाल र झलनाथ खनाल ‘ठीक ट्र्याक’मा हिंड्न जमर्को गरिरहेको र आफूहरुले पनि सहयोग गरिरहेको बताए । तर आफूलाई वैचारिक ठान्ने नेताहरुले ओली समक्ष ‘आत्मसमर्पण’ गरेको प्रचण्डको भनाई थियो ।