काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य प्रतीतोलामा २०० ले ओरालो लागेर ८८ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत हप्ताको शुक्रबार एकैदिन १४ सयले ओरालो लागेर ८९ हजार १०० मा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहेको थियो । यता चाँदीको मुल्य पनि आज ओरालो लागेको छ । आज चाँदीको मुल्य १५ ले ओरालोलागेर एक हजार १३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया