पहिलोपटक दलित समुदायका नेता चरणजीत सिंह बने पञ्जाबका मुख्यमन्त्री

पहिलोपटक दलित समुदायका नेता चरणजीत सिंह बने पञ्जाबका मुख्यमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पञ्जाबको मुख्यमन्त्रीमा चरणजीत सिंह चन्नी चयन भएका छन् ।  कांग्रेस हाई कामान्डले पञ्जाबको नयाँ मुख्यमन्त्रीमा चरणजीत सिंह चन्नीको नाम घोषणा गरेको हो ।

यसअघि अमरिन्दर सिंहले राजीनामा दिएपछि कांग्रेसको तर्फबाट मुख्यमन्त्री पदको लागि नवजोत सिंह सिद्धू, सुनील जाखड, अंबिका सोनी र सुखजिंदर सिंह रंधावाको नाम चर्चामा थियो ।

उनी तीनपटक विधानसभाको सदस्य बनेका छन् । २००७ मा पहिलो पटक स्वतन्त्र रूपमा विधानसभा सदस्य जितेका चरणजीत सिंह चन्नीलाई पूर्व मुख्यमन्त्री अमरिन्दर सिंहले कांग्रेसमा समावेश गरेका थिए ।

अमरिन्दर सिंहको क्याबिनेटमा चन्नी प्राविधिक शिक्षा एवं औद्योगिक तालिम, पर्यटन एवं सांस्कृतिक मामिला मन्त्री थिए । उनी पञ्जाबको मुख्यमन्त्री बन्ने दलित समुदायको पहिलो नेता हुन् ।