काठमाण्डु – प्रधानमन्त्री शेरबहादर देउवाले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका हुन् । ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ । यसबारेमा सत्तारुढ दलबीच छलफल भइरहेको छ’ उनले भने ।
सर्वोच्च अदालतको आदेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले कांग्रेसबाट २ मन्त्री र एक राज्यमन्त्री र माओवादीबाट २ मन्त्रीसहितको मन्त्रिमण्डल विस्तार रगेका छन् । अन्य १७ मन्त्रालय भने प्रधानमन्त्री देउवाले आफैँसँग राखेका छन् ।




प्रतिक्रिया