विनियोजन विधेयक पारित गरेपछि ओलीको प्रतिक्रिया : कहिलेसम्म पेल्दा रहेछन हेरौं

विनियोजन विधेयक पारित गरेपछि ओलीको प्रतिक्रिया : कहिलेसम्म पेल्दा रहेछन हेरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेलेको प्रतिक्रिया दिएका छन् । सोमबार एमालेको विरोधकाबीच प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेपछि अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

संसद भवनबाट बाहिरिने क्रममा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘सरकारले पेल्नुपेल्यो ! कहिलेसम्म पेल्दा रहेछन् हेरौं ।’
पार्टी विभाजनमा सभामुखको मुख्य भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ ।

आफूले कारवाही गरेका १४ सांसदको पदमुक्तको सूचना टाँस गर्नुपर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने एमालेले सर्त राखेको छ ।