‘संविधान जारी नगर्न प्रधानमन्त्रीलाई एस जयशंकरको धम्की’

‘संविधान जारी नगर्न प्रधानमन्त्रीलाई एस जयशंकरको धम्की’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने बेलामा भारतीय तत्कालीन विदेश सचिव एस जयशंकरले धम्क्याएको बताएका छन् ।

जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संविधान जारी गर्ने बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विदेश दूत बनेर नेपाल आएका जयशंकरले संविधान जारी भए राम्रो नहुने भन्दै ‘धम्क्याएको’ उल्लेख गरेका छन् ।

‘१ असोज २०७२ मा विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफ्नो सुझावका विपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एवं परिणामम नराम्रो हुने धम्की दिएर फर्किए,’ ओलीले प्रतिवेदनमा भनेका छन ।

नेपालको संविधान तयारी भएपछि जारी गर्नबाट रोक्नका लागि भारतले प्रत्यक्ष रुपमा दबाब सिर्जना गरेको उनले उल्लखे गरेका छन् ।‘२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफंनो सुझावविपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एवम् परिणाम नराम्रो हुने धम्की दिएर फर्किए,’ प्रतिवेदनमा भनिएको छ ।