काठमाण्डु – मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीलाई कारोबारका लागि एमकेजेसी सिम्बोल प्रदान गरेको छ ।
नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । कम्पनीको आईपीओ भोलि (बुधबार) बाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले साउन १४ गतेबाट साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँबराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो ।





प्रतिक्रिया