जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय आयाे : मन्त्री खड्का

जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय आयाे : मन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. नारायण खड्काले छिमेकी मुलुक चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम हुने बताएका छन् ।

बुधबार पद तथा गोनियताको शपथपछि पदभार ग्रहण गर्दै मन्त्री खड्काले परराष्ट्र मन्त्रालयले अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय आएको भन्दै अन्तर्राष्ट्रिय परिवेश जसरी अघि बढिरहेको छ, त्यसले नै नेपाललाई प्रभाव पार्ने बताए ।

‘परराष्ट्र मन्त्रालयले अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय आएको छ । अन्तर्राष्ट्रिय परिवेश जसरी अघि बढिरहेको छ, त्यसले हाम्रो देशलाई पार्न सक्ने प्रभाव र सम्बन्धहरुमा सन्तुलन कायम राख्दै हामीले जिम्मेवारी निभाउनुपर्नेछ,’ मन्त्री खड्काले भने, ‘यो राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमति गरेर हाम्रा अहिलेका जल्दाबल्दा विषयहरु र भावी दिनमा आउन सक्ने विषयहरुलाई सम्बोधन गर्ने गरी काम गर्छु ।’