नेप्से परिसूचक १०४.८८ अंकले बढ्यो, १३ कम्पनीकाे सकारात्मक सर्किट

नेप्से परिसूचक १०४.८८ अंकले बढ्यो, १३ कम्पनीकाे सकारात्मक सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयरबजार परिसूचक नेप्से १०४.८८ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ अंकमा पुगेको हो ।

नेप्से सूचक ३.८७ प्रतिशतले बढिरहँदा कारोबार रकम भने ६ अर्बमा सीमित भएको छ । आज कारोबारमा आएका २ सय १७ कम्पनीको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ हजार १ सय ५८ रुपैयाँको कारोबार भएको हो ।

तेहेरो अंकले बढेको बजारमा आज सबै समूहमा हरियाली छाएको छ । जसमा सबैभन्दा धेरै फाइनान्स समूहको ८.५४ प्रतिशतले सूचक बढेको छ भने विकास बैंक, जलविद्युत कम्पनीको सूचक क्रमशः ७.७४ प्रतिशत र ५.५७ प्रतिशत बढेको छ ।

बढेको बजारबाट कारोबारमा आएका सबै कम्पनीले नाफा कमाउँदा १३ कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लाग्न पुग्यो ।

प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैक एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, मल्टी प्रपोज फाइनान्स, सिन्धु विकास बैंक रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रो, हिमाल दोलखा हाइड्रो र लिवर्टी इनर्जीको १० प्रतिशतले शेयरमूल्य बढेको हो ।