भोली मन्त्रिमण्डल विस्तार हुने, यी हुन माओवादीबाट मन्त्री बन्ने सांसद

भोली मन्त्रिमण्डल विस्तार हुने, यी हुन माओवादीबाट मन्त्री बन्ने सांसद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको सूचीबारे छलफल सुरु गरेको छ । माओवादी स्रोतले दिएको जानकारीअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा निकट नेताहरुसंग छलफल गरिसकेका छन् ।

बुधबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको जानकारी दिएका थिए । उनले बिहिबार भने मन्त्रिपरिषद विस्तार हुने जानकारी बैठकमा दिए ।

सत्तारुढ गठबन्धनले दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन बिहिबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिस्पापन विद्येयक ल्याउने तयारी गरेको छ ।

जसपाले अध्यादेश फिर्ता नलिंदासम्म सरकारमा सहभागी नहुने अडान राख्दै आएको थियो । जसका कारण सरकार बनेको ७० दिनभन्दा बढी हुंदा समेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्रतिस्पधान विद्येयक ल्याउने तयारी भएको जानकारी दिएका छन् ।

सत्तारुढ दलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । दलहरुको बीचमा मन्त्रालयको भागवण्डा भने मिलिसकेको छ । माओवादी केन्द्रले ६ मन्त्री र १ राज्यमन्त्री पाउने सहमती भएको छ । जसअनुसार माओवादीबाट अहिले अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्रीको रुपमा पम्फा भुसाल छन् ।

गठबन्धनको आजको बैठकमा मन्त्रालयको टुंगो लाग्ने र बिहिवार मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ । माओवादीको भोली बस्ने स्थायी समितिको बैठकले मन्त्रीहरुको नामावली टुंगो लगाउनेछ ।

माओवादी स्रोतकाअनुसार नेताहरु नारायणकाजी,श्रेष्ठ,हरिवोल गजुरेल,देवेन्द्र पौडेल, महेश्वर गहतराज, हरि चौधरी, सुदन किराती, अमनलाल मोदी र शशि श्रेष्ठमध्येबाट तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् ।