काठमाण्डु – बाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्न लागेका छन् । बुधवार माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको कमाइबाट १३.३० प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी सानिमा बैैंकले समेत लाभांश घोषणा गरेको छ । सानिमाले यस वर्ष १७.८९ प्रतिशत बोनस सेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।




प्रतिक्रिया