सुनको मूल्य घट्यो, तोलाको कति?

सुनको मूल्य घट्यो, तोलाको कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रवार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोलामा ६०० ले ओरालो लागेर ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

तेजाबी सुनको मूल्य पनि तोलामा ६ सयले नै ओरालो लागेर ८८ हजार ५५० मा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ८९ हजार १५० मा कारोबार भएको थियो ।  

यता चाँदीको मूल्य भने प्रतितोलामा पाँचले ओरालो लागेर  ११६० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।