एमालेमा समूहगत छलफल जारी, आज पनि केन्द्रीय कमिटी बैठक बस्दै

एमालेमा समूहगत छलफल जारी, आज पनि केन्द्रीय कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबारबाट ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु भएको बैठक आज शनिबार पनि बस्ने भएको हो ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । सो तीन प्रस्तावमाथि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर शुक्रबारबाटै समूहगत छलफल सुरु गरिएको थियो । सो छलफल आज पनि जारी छ ।

७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ । एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ ।