एजेन्सी – हुवावेकी कार्यकारी वित्तीय अधिकृत मेङ वान्जू रिहा भएकी छन् । उनलाई शुक्रवार सांझ रिहा गरिएको हो । वान्जू सन् २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ परेकी थिईन। उनलाई अमेरिकाको आग्रहमा पक्राउ गरिएपछी चीन र क्यानडाबीचको सम्बन्ध तनावग्रस्त भएको थियो ।
क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङको रिहाइको पुष्टि गरेका छन् । उनि हुवावेका संस्थापककी छोरी समेत हुन । अमेरिकी विदेश मन्त्रालयले उनको सुपुदर्गीका लागी क्यानडालाई गरिएको अनुरोध पत्र फिर्ता लिएपछि वान्जू रिहाई भएकी हुन । त्यसलगत्तै दुई जना क्यानेडाका नागरिक समेत चिनियां जेलबाट मुक्त भएका छन् ।
क्यानेडाका प्रधानमन्त्री ट्रुडोले आफ्ना नागरिक माइकेल कोव्रिग र माइकेल स्पेवर चीनबाट स्वदेश फर्किन लागेको बताएका छन् । चीनले वान्जू प्रक्राउ परेलगत्तै क्यानडाका कूटनीतिज्ञ कोव्रिग र व्यवसायी स्पेवरलाई जासुसीको आरोपमा पक्राउ गरेको थियो ।
हुवावेकी एफसिओ वान्जु रिहा भएलगत्तै एयर चाइनाको विमानमार्फत चीनको सेन्जेन फर्केकी छन् । उनले रिहाईलगत्तै विश्वभरका नागरिकहरुबाट प्राप्त सुभेच्छा आफुले कहिले बिर्सन नसक्ने बताईन ।
उनलाई इरानको स्काइकम कम्पनीसंगको सम्बन्धबारे झुटो विवरण पेश गेर एचएसबीसी बैंकलाई अमेरिकी प्रतिबन्ध उल्लंघनको जोखिममा पारेको आरोप लागेको थियो ।
शुक्रबार अमेरिकी स्टेट डिपार्टमेन्ट र मेङबीच सहमति भएपछि दुईतर्फी रिहाइको घोषणा भएको हो। सहमतिअनुसार सन् २०२२ पछि मेङविरुद्धको अभियोग अमेरिकाले फिर्ता लिनेछ। तर, हुवावेविरुद्धको मुद्दाहरुको सुनुवाइ भने जारी रहने बताइएको छ । चीनले उनको गिरफ्तारीको विरोध गर्दै आएको थियो ।
तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियां राष्ट्रपति सी जिनफिङबीच जी २० सम्मेलनको अवसरमा अर्जेन्टिनामा भएको वार्ताकै दिन उनलाई पक्राउ गरिएको थियो । त्यसपछि दुवै मुलुकबीचको सम्बन्ध तनावपूर्ण बन्दै आएको थियो । उनलाई क्यानडाको भ्यान्कुभरमै रहेको एउटा घरमा तीन वर्षदेखी नजरबन्दमा राखिएको थियो ।




प्रतिक्रिया