आउँदो स्ववियू निर्वाचन एमालेनिकट अनेरास्ववियुको अन्तिम निर्वाचन : रन्जित तामाङ

आउँदो स्ववियू निर्वाचन एमालेनिकट अनेरास्ववियुको अन्तिम निर्वाचन : रन्जित तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – अखिल (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङले आउँदो स्ववियू निर्वाचन एमालेको भातृ संगठन अनेरास्ववियुको अन्तिम निर्वाचन हुने बताएका छन् ।

बिहिबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी)गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै तामाङले आउँदो स्ववियू निर्वाचनबाट एमालेनिकट अनेरास्ववियुको नाम निशाना नहरने बताएका छन् ।

उनले केपी ओलिको पटक–पटकको प्रतिगमनकारी कदमलाई साथ दिएर एमाले अनेरास्ववियुले बिद्यार्थी आन्दोलनमाथी कालो पोतेको, बिद्यार्थी आन्दोलनलाई मण्डलेकरण गरेको लगायतका आरोप लगाए ।

‘संसद अपहरणको साक्षी र समर्थक बनेर एमाले अनेरास्ववियुले गम्भीर अपराध गरेको छ । मुलुकभरका शैक्षिक संस्थाहरुमा बिद्यार्थीहरु हिसाब गरेर बसिराखेका छन । आउँदो स्ववियू निर्वाचनमा प्रतिगमनको मतियार बनेको अनेरास्ववियुका निम्ति अन्तिम निर्वाचन हुनेछ,’ तामाङले अगाडी भने, ‘मण्डले बिद्यार्थी संगठनले आउँदो स्ववियू चुनावमा उमेदवार समेत नपाउने स्थिती बन्नेछ ।’

आउँदो निर्वाचनमा गाउँगाँउका जनता एमालेलाई धुलो चटाउने दिन कुरे जस्तै लाखौं विद्यार्थीहरु अनेरास्ववियूको बिदाईको निम्ती स्ववियू चुनावको मिती कुरेर बसेको उनको दाबी थियो ।

बैठकलाई माओवादी केन्द्रका स्थाई समिती सदस्यद्वय हितमान शाक्य, र हरि अधिकारी तथा गण्डकी प्रदेश साँसद दिपक अधिकारी, नेता शैलेन्द्र घिमिरे उपस्थित कार्यक्रमलाई अखिल(क्रान्तिकारी) उपाध्यक्ष बिजय गौतम, उपमहासचिब जीपी मैनाली केन्द्रीय सचिव प्रबिना अधिकारी लगायतले सम्बोधन गरेको गण्डकी केन्द्रिय सचिव तथा प्रदेश संयोजक क्षितिज सापकोटाले जानकारी दिए ।