आइएमएस लिटिल स्माइलस्को ‘बिग डिस्काउन्ट, बिग स्माइल’ दशै अफर

आइएमएस लिटिल स्माइलस्को ‘बिग डिस्काउन्ट, बिग स्माइल’ दशै अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइएमएस् लिटिल स्माइलस्ले दशैंको पावन अवसरमा ‘बिग डिस्काउन्टस् बिग स्माइलस्’ अफर ल्याएको छ ।

यो दशैंमा आइएमएस लिटिल स्माइलस्ले बेस्ड डिल र छुटको अफर ल्याएको हो । साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको छ । आइएमएस् लिटिल स्माइलस्ले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्मको छुट दिएको छ ।

ग्राहकले ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्, साथै २० जना भाग्यशाली ग्राहकले १ हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैंक पाउनेछन् ।

आइएमएस् लिटिल स्माइलस्ले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डि जे आइ ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशतको छुट पाउनेछन् । साथै फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउनेछन् ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्राण्ड आउटलेट, आइ एम एस् लिटिल स्माइलस् दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ ।

मल्टि ब्राण्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्राण्डहरु डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनर्जाइजर, लाइनरफ्ल्युक्स र अन्य ब्राण्डहरु उपलब्ध छन् । आइएमएस्को लिटिल स्माइलस्को शोरुममा भ्रमण गरेर आवश्यक सामान खरिद गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।