पूर्णचन्द्रको पूर्वाग्रहका कारण बढुवा रोक्का भएका जर्नेललाई प्रभुरामले दिए न्याय

पूर्णचन्द्रको पूर्वाग्रहका कारण बढुवा रोक्का भएका जर्नेललाई प्रभुरामले दिए न्याय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली सेनाका सहायकरथी बावुराम श्रेष्ठ उपरथी बढुवाका लागी सिफारिस भएका छन् । उनि सेनाका २६ बेसिकका अधिकृत हुन । सैनिक मुख्यालयले उनको नाम उपरथी बढुवाका लागी सिफारीस गरेपनि मन्त्रिपरिषदले निर्णय गर्न भने बांकी छ ।

श्रेष्ठलाई २७ बाहिनीको बाहिनीपति हुंदा आफ्नो क्षेत्रका बासिन्दालाई ल्याएर भर्ना फारम भर्न लगाएको भन्दै नसियत दिइएको थियो।  तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनि संलग्न हुंदै नभएको घटनामा पूर्वाग्रह सांधेर कार्वाही गरिएको बताइन्छ ।

श्रेष्ठ सेनामा भविष्य भएका सैनिक अधिकारी थिए । उनले पाकिस्तानबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । उनि हाल सेनाको तालिम महानिर्देशनालयमा कार्यरत छन् ।

तत्कालिन प्रधानसेनापति थापाले दिने फैसला सुनाएपनि हालका प्रधानसेनापति प्रभुराम शर्माले भने उनको बढुवा सिफारीस गरेका छन् । श्रेष्ठको व्याचका सहदेव खड्का,विनय राणा र सन्तोष ढकाल ३ जना उपरथी भइसकेका छन् । सेनामा श्रेष्ठमाथी अन्याय भएको चर्चा छ । तत्कालिन प्रधानसेनापति थापाले पुर्वाग्रह सांधेर हचुवाको भरमा कार्वाही गर्दा धेरै अधिकृतहरुमाथी अन्याय भएको थियो ।

त्यसैगरी सहायकरथी ईश्वरकान्त मैनालीको नाम पनि उपरथीमा बढुवाका लागी सिफारीस भएको छ । पश्चिम कमाण्डमा कार्यरत मैनालीको भर्खरै उपत्यका कमाण्डमा सरुवा भएको छ । उनलाई अवकासमा जानुअघि विशेष निर्णय गरेर सम्मानस्वरुप उपरथीमा बढुवा दिने निर्णय भएको हो ।

यसअघि नयां दिल्लीमा सैनिक सहचारी रहेका मैनालीको उपरथीमा विशेष बढुवा दिने निर्णय तत्कालिन प्रधानसेनापति थापाले रोकेका थिए ।

उनले आफ्ना सैनिक सचिव पदम बहादुर सिंहलाई भने उपरथीमा बढुवा गरेका थिए । तर, मैनालीको हकमा भने उनले फाइल बन्द गर्ने निर्णय गरेको स्रोतको दावी छ ।