लगातार तेस्रो दिन पनि शेयर बजारमा पहिरो, नेप्से ७० अङ्कले घट्यो

लगातार तेस्रो दिन पनि शेयर बजारमा पहिरो, नेप्से ७० अङ्कले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातार तेस्रो दिन पनि शेयर बजार नेप्से परिसुचक ओरालो लागेको छ । आइतबार ६१ र सोमवार ७३ अङ्कले ओरालो लागेको नेप्से आज ७०.०१  अङ्कले ओरालो लागेको हो ।

आज नेप्से सो अङ्कले ओरालो लागेर २६१५.४० बिन्दुमा झरेको छ ।  आज पनि कारोबार भएका सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय १८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १५ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो लागेको छ । आज एक करोड ३० लाख ३५ हजार कित्ता शेयर पाँच अर्ब ७४ करोड ५४ लाखमा कारोबार भएका छन् ।