कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य

कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कुमारी बैंक लिमिटेड र निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक स्वाइप एण्ड फ्लाई क्याम्पेनकोे शुरुवात गरेको छ । यती एअरलाइन्सको स्काईक्लव कार्ड र कुमारी बैंकको भिजाडेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लवको ब्राण्ड कार्ड जारी गरिने भएको हाे ।

यसै सन्दर्भमा कुमारी बैंक लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काईक्लव कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाईयात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रागर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने बताए ।

अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअर लाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले बताए । हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलोपटक भएको हो । त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ ।

ग्राहकहरुले कुमारी स्काईक्लब कार्डबाट सामान तथा सेवाको भुक्तानी मात्र नभई भुक्तानी गरे बापत अंक पनि कमाउने छन् । सो अंकबाट ग्राहकले यती एअरलाइन्सको निःशुल्क टिकट प्राप्त गरी उडान भर्न सकिनेछ ।

अब दुईवटा कार्ड बोकिरहन पर्दैन, एउटैले नै दुबै कार्डको कामगर्नेछ”, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले जानकारी दिए । बैंक र एअरलाइन्सको साझेदार ग्राहकहरुले जुनसकै स्थानमा कार्डबाट भुक्तानीगर्दा प्वाइन्ट्स जम्मा हुनेछ ।

निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सकिनेछ । आवश्यकतानुसार यती एअरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ ।

योजनामा सहभागी हुने सेवाग्राहीले अब एउटै कार्डबाट दुवै सुविधा प्राप्त गर्न सकिने भएकोले बैंक र एयरलाइन्सको साझेदार ग्राहकहरुले जुनसकै खरिदको भुक्तानी कार्डबाट गर्दा प्रत्येक १०० रुपैयाँ बराबर १ अंक प्राप्त हुने र सो अंक यती एयरलाइन्सको स्काई क्लबमा स्वतः स्थानान्तरण हुनेछ।