बिहीबार सुन प्रतितोला २०० ले घट्यो

बिहीबार सुन प्रतितोला २०० ले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७०० तोकिएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २५० कायम गरिएको छ जुन बुधबार प्रतितोला ८८ हजार ४५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला ३५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार १५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १२० तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।