स्मार्टडोकाेको-‘स्मार्ट दशैं अफर’

स्मार्टडोकाेको-‘स्मार्ट दशैं अफर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  ई-कमर्स प्ल्याटफर्म स्मार्टडोकोले दशैंलाई लक्षित गर्दै ‘स्मार्ट दशैं अफर’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकले स्मार्टडोको मार्फत अनलाइन सामान खरिद गर्दा क्यासब्याकका साथै विभिन्न उपहार प्राप्त गर्नेछन् ।

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ७५० सम्म साथैे बैंक अफ काठमाण्डौंको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक १५०० सम्म र माछापुछ«े बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक २१० सम्म पाउनेछन् ।

दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्नेछन् । स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक निम्नानुसारका अन्य उपहारहरु पनि जित्न सक्नेछन् ।

– डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर
– क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर
– पोको किड्स गिफ्ट भाउचर
– बेबी ट्रि गिफ्ट भाउचर
– इनर्जाइजर पावर बैंक
– गोल्डस्टार जी १० जुत्ता
– वाइड मिन्स जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच

स्मार्टडोकोले यस स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको छ ।

ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेवसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन् । ग्राहकले एन्ड्रोइड र आइओएस डिभाइसमा एप डाउनलोड गर्न सक्नेछन् ।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाण्डु उपत्यहाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुलकमा समान डेलिभरीको सुविधा पाउन सक्नेछन् । यो अफर असोज १४ देखि असोज २१ सम्म मान्य हुनेछ ।