काठमाण्डु – शेयर बजार नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । आज नेप्से ३२.५१ अङ्कले ओरालो लागेर २ ६३३.४२ बिन्दुमा झरेको छ ।
आज विकास बैंक समूहको शेयर एक सय ५५ अङ्क, हाइड्रोपावरको २, फाइनान्सको ६८, निर्जीवन बीमाको १०४ अङ्क, माइक्रोफाइनान्सको ३८ र जीवन बीमा समूहको शेयर १०१ अङ्कले ओरालो लागेको छ । समग्र बजार ओरालो लागे पनि व्यापार समूहको शेयर ११८ अङ्कले उकालो लागेको छ ।
आज २२५ कम्पनीका ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड २९ हजार ५०७ को कारोबार भएको छ ।




प्रतिक्रिया