प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत र्‍याण्डि बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत बेरीले जङ्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्तामा उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ