शुक्रबार सुनको मूल्य ९०० ले बढ्यो

शुक्रबार सुनको मूल्य ९०० ले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य शुक्रबार उकालो लागेको छ ।  सुनको मूल्य आज प्रतितोलमा ९०० ले उकालो लागेर ८९ हजार ६०० मा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ९०० ले नै उकालो लागेर ८९ हजार १५० कायम भएको छ । यता आज चाँदीको मूल्य पनि उकालो लागेको छ । हिजो १ हजार १२० मा किनबेच भएको चाँदीको मूल्य आज २० ले उकालो लागेर१ हजार १४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।