शनिबार ८६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

शनिबार ८६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार ५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २ हजार ६२१ जनाको एन्टीजेन टेष्ट गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको हो ।  

आज देशभर १ हजार १२३ जना कोरोना संक्रमित निको भएका छन् । हाल १७ हजार ६४२ सक्रिय संक्रमित छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।