काठमाण्डु – साहस उर्जा कम्पनीको प्राथमिक शेयर आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असोज ६ गतेबाट १० गतेसम्म आईपीओको आवेदन खुला गरेको थियो । सो कम्पनीको आईपीओको बाँडफाँड आइतबार बिहान भएको हो ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको थियो । एनआइबिएल एसका अनुसार ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
साहस उर्जाको आइपीओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएका बताइएको छ । आवेदन सदर भएकाहरुबाट ६ लाख ४४ हजारलाई गोलाप्रथाबाट शेयर प्रदान गरेको एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
आईपीओको नतिजा आइपीओ रिजल्ट डट सिडीएससी डटकम डट एनपी, मेरो शेयर र एनआइबीएल एस क्यापिटलमा गएर हेर्न सकिने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया