काठमाण्डु – नेपालमा फलामे छडको मूल्य प्रतिकेजी ४ रुपैँयाले घटेको छ ।
सरकारले २५ भाद्र २०७८ मा ल्याएको बजेटमा स्पंज आइरनमा भएको भंसार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्था गरेसँगै छडको मूल्यमा प्रतिकेजी ४ रुपैयाँ घटेको नेपाल फलामे छड उत्पादक संघले जनाएको छ ।
बजेटपछिका तीन हप्तामा अन्तर्रास्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा बिलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशत बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी चार रुपैयाँ घटाई फलामे छड बिक्री–वितरण गर्न संघले उद्योगीहरूलाई आग्रह गरेको छ ।





प्रतिक्रिया