नेपाल– भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

नेपाल– भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । असोज ४ गतेबाट सुरु भएको संयुक्त सैनिक अभ्यास शनिबार भारतीय सेनाका मध्य कमाण्ड सेनापति एसएस महलले भारतको पिथौरागढमा समापन गरेका हुन् ।

‘सूर्यकिरण’ नाम दिइएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना र भारतीय सेनाका ४ सय जना फौज सहभागी भएका थिए । संयुक्त अभ्यासमा विभिन्न सैनिक युद्धकला, अभ्यासका साथै विपद एवं कोभिड–१९ जस्ता महामारीको दौरान सुरक्षा फौजको भुमिका आदिका बारेमा अभ्यास गरिएको थियो । साथै सहभागी फौजहरुले आ–आफ्नो पेशागत अनुभवहरु समेत साटासाट गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी विनय बिक्रम राणा, नं.३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमार बाबु थापा, दुवै देशका सैनिक सहचारीहरु तथा भारतीय सेनाबाट सहभागि गणका कमाण्डिङ्ग अफिसर लगायतको उपस्थिती रहेको थियो ।

नेपाली सेना र भारतीय सेनाबीच सम्पन्न यस सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको सकलदर्जामा आधारभूत सैनिक शिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ ।