काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आइतबार ओरालो लागेको छ ।
आज नेप्से ५५.९३ अङ्कले ओरालो लागेर २५७७.४९ विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, होटल र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
समग्र बजार ओरालो लागे पनि पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । आज दुई सय ३२ कम्पनीका ८९ लाख ४८ हजार कित्ता शेयर चार अर्ब ११ करोडमा कारोबार भएका छन् ।




प्रतिक्रिया