वरिष्ठ पर्यटन व्यवसायी रामशरण थपलियालाई विद्यावारिधि उपाधि

वरिष्ठ पर्यटन व्यवसायी रामशरण थपलियालाई विद्यावारिधि उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ पर्यटन व्यवसायी रामशरण थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन ।

अधिवक्ता समेत रहेका थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत ‘लोकतन्त्र निर्माणमा नेपाली राजनीतिक दलहरुको भूमिका’ विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् । उनले प्रस्तुत गरेको उक्त विषयको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको रिसर्च कमिटीले आइतबार स्वीकार गरेको हो ।

सो अवसरमा उनले पर्यवेक्षक प्रा.डा. रवीन्द्र खनाल, सह–पर्यवेक्षक प्रा. डा. गेहेन्द्रलाल मल्ल, रेक्टर प्रा.डा. शिवलाल भुसाल, डिन प्रा.डा. कुसुम शाक्य लगायत अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गरेका छन् । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल उनी ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष हुन् ।