काठमाण्डु – टिभियस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आयोजना गरेको एनटर्कियन राइड सम्पन्न भएको छ ।
जगदम्बा मोटर्सले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको अवसरमा माइलस्टोनलाई मनाउनको लागि नक्सालको टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म आयोजना गरेको सेलिब्रेसन राइड सम्पन्न भएको हो ।
जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्त खुशी व्यक्त गरे ।
उनले राइडहरुले टिभिएसमाथि गरेको विश्वास र राइडमा युवाहरुको उपस्थिति देख्दा एकदमै हर्षित भएको बताए । ग्राहकहरुको लागी सबै भन्दा उच्च स्तरको सेवा प्रदान गर्नेमा उनले दृढ विश्वास व्यक्त गरे । उक्त एनटर्कियन राइड भेन्युमा पुगेलगत्तै कलाकार रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरु संग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो ।
सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ ।
अहिले यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्चप्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टिभियसका पाँच प्रकारहरु रहेका छन् । जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।




प्रतिक्रिया